नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षको तेस्रो चरणको आन्दोलन घोषणा, मानव साङ्लोले टुँडिखेल घेर्ने

राष्ट्रपाटी न्युज

२ फाल्गुन २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रहेको प्रचण्ड-माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीले तेस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ।
आइतबार पेरिसडाँडामा पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिएको कार्यक्रममा काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेर्नेलगायतका छन् ।
केन्द्रीय संघर्ष समितिले फागुन ५ देखि २१ गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम :
–फागुन ५ देखि १२ सम्म जिल्ला कमिटीले आफ्नो तहमा कार्यक्रम गर्ने ।
–फागुन ६ गते मानव साङ्लोले काठमाडौंको टुँडिखेल घेराउ गर्ने।
–७ गते सबै वडामा कार्यक्रम
–८ गते राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसमेतको उपस्थितिमा बृहत् अन्तरक्रिया गर्ने ।
–९ गते महिलाा हिंसा, बलात्कारविरुद्ध देशव्यापी प्रदर्शन ।
– फागनुन १० गते काठमाडौं उपत्यकाका प्रत्येक जिल्लाका दलितद्वारा प्रदर्शन ।
–फागुन १४ गते काठमाडौंमा बृहत् युवा र्‍याली ।


Published :२ फाल्गुन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media