प्रधानमन्त्री वलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने

राष्ट्रपाटी न्युज

२१ चैत्र २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै  छन्। ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिएका छन्। । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ ।
सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।


Published :२१ चैत्र २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media