नेपाली जुत्ता घरमा समरसेल चल्दै, ५० प्रतिशत सम्म छुट

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७८

काठमाडौं । जुत्ता हामी सबैको लागि अत्याबश्यक पहिरन सामग्री हो। यसले लगाउने व्याक्तिको व्याक्तित्व मात्र झल्काउदैन,उसको संस्कार र जीवनशैलीको समेत प्रतिनिधित्व गर्छ। बिदेशी ब्रान्डका महंगा जुत्ताहरु लगाएर मात्र होइन , नेपाली जुत्ता लगाएर समेत शान  र सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने कुरा नेपाली ग्राहकबर्गको आम विश्वासलाई साक्षी राखेर नेपाली  जुत्ता व्याबसायीहरुले प्रमाणित गरिसकेका छन्। नेपाली जुत्ता पनि के जुत्ता भन्ने आमधारणा  परिवर्तन भै  लाखौ नेपालीको खुट्टा खुट्टामा नेपाली जुत्ता देख्न पाउनु आम नेपालीको लागि गर्बको बिषय हो।

के तपाईं नयाँ जुत्ता किन्ने विचार गर्दै हुनुहुन्छ ? नेपाली जुत्ता घरले नेपाली जुत्ता पारखी हरुको मागलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाका बालाजु माछापोखरी स्थित बुद्धमल तथा कुमारीपाटीमा (कुमारी बैंकको ठिक अगाडी) बिशेस समर शेल गर्दैछ।  जहाँ तपाइले  ५० प्रतिशतसम्म छुट पाउनुहुनेछ। स्वदेशी लगानी,  शिप र परिश्रमबाट बनाइएका  नेपाली जुत्ताहरुमा २० देखि ५० प्रतिशतसम्म छुट सहित छ  महिनाको वारेन्टी समेत उपलब्ध छ ।

नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस, कोही नेपाली जुत्ताबिहिन हुन नपरोस, सबै नेपालीले स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्याय बताउछन्।

नेपाली जुत्ता घर सहरको बिभिन्न स्थानमा आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि पाँच  वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा बालाजु माछापोखरीको बुद्धमलमा तथा कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् ।

पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ ।


नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एक आपसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् ।


Published :१२ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media