उपत्यका प्रवेश गर्नेहरूले अनिवार्य क्‍वारेन्टिन बस्‍नुपर्ने

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७८

काठमाडौँ : काठमाडौँ उपत्यका प्रवेश गर्नेहरूले अनिवार्य क्‍वारेन्टिन र होम आइसोलेसनमा बस्‍नुपर्ने भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले लकडाउन अवधिभर काठमाडौँ प्रवेश गर्नेले यस्तो नियम पालना गर्नुपर्ने निर्णय गरेका हुन् ।

कोभिड जोखिम न्यूनिकरण गर्नका लागि यस्तो विधि अपनाइएको प्रशासनले जनाएको छ । काठमाडौँमा सोमबार मात्रै एकैदिन एक हजार पाँचसय भन्दा धेरै संक्रमित भेटिएका छन् । पछिल्लो समय बाँके र रुपन्देहीपछि काठमाडौँ उपत्यका कोभिड संक्रमणको हटस्पट बन्दै गइरहेको छ ।


Published :१३ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media