युनाइटेड फाइनान्स नबिल बैंकमा गाभिने

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७८

काठमाडौं । नविल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (गाभ्ने) गर्ने भएको छ । नविल र युनाइटेडबीच प्राप्तिसम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा नविलका तर्फबाट मर्जर समिति संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर समिति संयोजक मनिष खेम्काले हस्ताक्षर गरे ।
नविल बैंक स्रोतका अनुसार सेयर स्वाप रेसियो १००ः३५ हुने गरी सहमति भएको छ । अर्थात प्राप्ति पछि युनाइटेड फाइनान्सको १०० कित्ता सेयर बराबर नविलको ३५ कित्ता सेयर हुनेछ ।
सर्वसाधारणको लगानी भएको पहिलो बैंक नबिलले मर्जरका लागि पछिल्लो समय पार्टनर खोज्दै आएको थियाे ।

प्राप्ति पश्चात नविल बैंकको शाखा सञ्जाल १४७ पुग्नेछ भने काठमाडौं उपत्यकाभित्र मात्रै शाखा संख्या ३७ हुनेछ । एटीएम संख्या भने १९० हुनेछ । यसैगरी चैत्र मसान्तको वित्तीय विवरण अनुसार निक्षेप २१६ अर्ब हुनेछ भने कर्जाको आकार २ खर्ब १ अर्ब हुनेछ ।


Published :१७ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media