थप ७३६८ जनामा संक्रमण , १४५ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ५ हजार ३१६ र ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । उक्त संख्या नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत जोडर भएको हो ।
गएको २४ घण्टामा ६६४८ जना निको भएका छन् । नेपालमा निको भएको दर ७४ दशमलव ७ प्रतिशत रहेको छ ।

काठमाडौंमा १८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३८ जना गरी गत २४ घण्टामा उपत्यकामा २६११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 


Published :२ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media