खगेन्द्र सिटौलाको लायन्स क्लब इन्टरनेशनल डाइरेक्टरमा सशक्त उम्मेदवारी

काठमाडौं। लायन खगेन्द्र सिटौलाले पी एम जे एफ (१६ डाइमण्ड) सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदमा मनोनयन दर्ता गरेका छन। लायन्स क्लब इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर समेत रहेका उनले आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
उनि सन् १९९७ मा लायन्स क्लब दिङला भोजपुरको संस्थापक सदस्यको रुपमा रुपमा लायन्स क्लबमा प्रवेश गरेका थिए । उक्त क्लबमा उनले २००२ -२००३ को क्लब अध्यक्षका रुपमा काम गरे । त्यसै गरि २००२-२००४ सम्म जोन चियर पर्सन हुँदै उनी सन् २००४- २००५का क्याबिनेट सेक्रेटरी बने भने २००६-२००७ का डिस्ट्रिक ३२५ ए का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए ।

उनले सन् २०१२-२०१३ मा मल्टिपल डिस्ट्रिक ३२५ नेपालका काउन्सिल चियार्पर्सन भएर काम गरेका थिए ।त्यसैगरि सन् २००७-२००८ देखि मल्टिपल डिस्ट्रिक ३२५ एल सी आइ एफको कोर्डिनेटर भएका उनले सन् २०१०-२०११ देखि २०१५-२०१६ सम्म मल्टिपल डिस्ट्रिक ३२५ लायन्स क्वेष्ट चियरपर्सन हुदै सन् २०१३-२०१४ देखि २०१५-२०१६को जी एम टि मल्टिपल डिस्ट्रिक ३२५ कोर्डिनेटर रहेर काम गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनि आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६- २००७)मा सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा फहराउन उनि सफल भएका थिए। त्यसैगरि उनि हाल नेपालको झण्डा विश्वको २ सय भन्दा बढी राष्ट्रहरुमा फहराउने अभियानमा अघि बढेका छन् । विश्वका २ सय भन्दा बढी देशमा फैलिएको लायन्स क्लब मार्फत उनी यस अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् । सफल नेतृत्वको परिचायक बनेका लायन्स लिडर खगेन्द्र सिटौलाको अनुभव, खारिएको प्रतिभा, समाजसेवामा सक्रिय भूमिका र कार्यकौशलताले लायन्सको साँखलाई उचो पार्दै अघि बढन मार्ग प्रशस्त गर्नेमा शंका गर्नुपर्ने ठाउँ देखिन्न ।

सन् २०१७ देखि सन् २०१९ सम्म जी एम टि एरिया लिडर मल्टिपल डिस्ट्रिक ३०५ पाकिस्तान तथा मल्टिपल डिस्ट्रिक ३२५ हुदै सन् २०१९ देखि हाल सम्म जी एटि एरिया लिडरको रुपमा सक्रिय हुदै आएका छन् ।उनले ८ वटा अन्तर्राष्ट्रिय अध्यक्ष पदक, ४ लिडरसिप पदक ,एल सी आइ एफ कन्ट्रीब्यूटर पदकका साथै धेरै अन्तर्राष्ट्रिय अध्यक्षका प्रमाणपत्र प्राप्त गरेका छन्।

सिटौला हाल सम्म ४ पटक अन्तर्राष्ट्रिय डाइरेक्टर इण्डोर्सी भएका छन्। उनी सन् २००८मा डिस्ट्रिक ३२५ ए बाट, सन् २०१० मा डिस्ट्रिक ३२५ ए बाट, सन् २०१२मा डिस्ट्रिक ३२५ ए १ बाट र हाल सन् २०२१मा डिस्ट्रिक ३२५ ए १ बाट इण्डोर्सी भएका हुन।गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । लायन्स अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका सिटौला नेपाली लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेकाले देशभरका लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफू ढुक्क रहेको बताउँछन् । लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डालाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।


Published :२ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media