नेपाल पक्षका मत तान्न नसकेपछि बादलको पराजय

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०७८

काठमाडौं– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बिहीबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउँदै देवकोटा विजयी भएका हुन्। देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४ हजार १४ मतभार मात्र पाएका छन् ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।


Published :जेष्ठ ६, २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media