किन जम्मा भए माधव नेपाल समुहका साम्सद सिंहदरबारमा ?

राष्ट्रपाटी न्युज

जेष्ठ ७, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।
छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।

समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।


Published :जेष्ठ ७, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media