पदम बरालको नेतृत्वमा ओखलढुंगा चम्पादेवीमा स्वास्थ्य सामाग्री संकलन अभियान चल्दै

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७८

काठमाडौं। ओखलढुङ्गा चम्पादेबीबाट काठमाडौं आइ बसोबास गर्ने नेकपा एमाले समर्थित बिभिन्न पेशा व्यावसायमा आबद्व व्याक्तिहरुले ‘स्वास्थ्य सामाग्री संकलन अभियान ‘ शुरु गरेका छन् । चम्पादेवी गाउँपालिकामा बढ्दै गएको कोरोना संक्रमण र त्यसपछि शुरु भएको औषधि अभावलाइ लक्षित गरि यो अभियान संचालन गरिएको युवा अभियान्ता पदम बरालले बताएका छन्। संसारभर मानव समाजलाई आक्रान्त बनाएको यो माहामारीसंग आफ्नो जन्मस्थानमा लडिरहेका चम्पादेवीबासीलाई सहयोग गर्नु यो अभियानको मुख्य उदेश्य हो। बिभिन्न क्षेत्रमा संलग्न व्याक्तिहरुलाई आर्थिक एबम स्वास्थ्य सामग्री प्रदान गर्न अनुरोध गर्दै यो अभियान संचालन गरिएको छ । यसै अभियान अन्तर्गत पहिलो चरणमा संकलन गरिएको विभिन्न स्वास्थ्य सामग्री लिएर युवाहरुको टोलि चम्पादेवी पुगिसकेको छ।

स्वास्थ्य सामाग्री संकलन अभियान अन्तर्गत एक समिति समेत गठन गरिएको छ ।उक्त समितिमा निम्नानुसार पदाधिकारीहरु रहेका छन्।
संयोजक -पदम बराल
सह-संयोजक- राजेन्द्र पुडासैनी
सचिब- रमेश कुमार घिमिरे
कोषाध्यक्ष – गौरब थापा
सदस्य- केदार राज पुडासैनी,निराजन पौडेल, खेम मिश्र, सुरेश थापा,शेर बहादुर मगर,धन बहादुर श्रेष्ठ,अस्मिता थापा

अहिलेसम्म करिव पांच लाख बराबरको आर्थिक सहयोग जुटेको र आवश्यक स्वास्थ्य सामग्री सहित चम्पादेबी गाउँपालिकामा रहेका एघार हेल्थ युनिटलाई समान ढंगले स्वास्थ्य सामग्री बितरण गरिने संयोजक पदम बरालले राष्ट्रपाटिलाइ जानकारी गराएका छन् ।एउटा हेल्थ युनिटमा निम्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिने छ।
1) थर्मल गन-1
2) अक्सिमिटर-1
3) नेबोलाईजर मेसिन-1
4) डिजिटल प्रेस्सर मेसिन-1
5) पिपिई सेट-2 थान
6) मास्क-500
7) सेनिटाईजर- 5 लिटर
8)पन्जा-1 पाकेट
9) साबुन-50 पिस
10) फेस शिल्ड- 10 पिस
11) औषधि -1 कार्टुन (रु.6000)बराबर।


Published :२१ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media