राजेन्द्र महतो उपप्रधानमन्त्री, अरु को को मन्त्री बन्दै ??

राष्ट्रपाटी न्युज

२१ जेष्ठ २०७८

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर नेतृत्वको समूह आजै सरकारमा सहभागी हुने भएको छ ।वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाका १० जना नेता मन्त्रिपरिषद्मा सहभागी हुन लागेका हुन् । महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्नेछन् ।

जसपा नेता केशव झाका अनुसार जसपाबाट शरतसिंह भण्डारीले ऊर्जा, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन, लक्ष्मणलाल कर्णले भूमिसुधार, चन्दा चौधरीले महिला र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्नेछन् ।
जसपा नेता चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।


Published :२१ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media