
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा मनोनीत गरेको छ।
त्यसैगरी पार्टी सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिको बैठकमा भएको छलफलका आधारमा केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय नेतृत्व परिषद्मा समेत केही सदस्य थप गरिएको हो ।
प्रवक्ता झाका अनुसार संघीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी (सप्तरी), रामसिंह थारू (बर्दिया), जीवन धामी (मोरङ), प्रेमा चौधरी (कैलाली), नवराज राना (कञ्चनपुर) र एकराज चौधरी (दाङ) लाई मनोनीत गरिएको छ।
त्यस्तै केन्द्रीय सल्लाहकार परिषद्मा जीवन प्रभा लामा (काभ्रे), मोतीप्रसाद पंगाली (नवलपरासी पूर्व), हरिप्रसाद पाण्डे (भक्तपुर) र विष्णुहरि शर्मा (कपिलवस्तु) लाई मनोनीत गरिएको पार्टीले जनाएको छ ।