ईमानदारीपूर्वक भूमिका निर्वाह गर्नेछु।- सुन्दर पुर्कुटी

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश स्तरीय नेता एबम बुढानिलकण्ठ नगरपालिकाका स्थानीय सुन्दर पुर्कुटी रास्ट्रिय दलित आयोगको सदस्यमा नियुक्त भएका छन। बैशाख २६ गते बसेको संबैधानिक परिषदको बैठकले पुर्कुटीलाई आयोगको सदस्यमा नियुक्त गरेको थियो ।

२०७८ बैशाख २६ मा संवैधानिक परिषदबाट सिफारिस भएका पुर्कुटीले असार १० गते राष्ट्रपतिबाट नियुक्ति भई असर ११ गते राष्ट्रिय दलित आयोगका अध्यक्षबाट सपथ ग्रहण गरेर पदभार ग्रहण गरेका हुन्।

उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशक रहेर काम गरिसकेका उनि लामो समय देखि नेपालका दलित तथा उत्पीडितहरुको हक ,अधिकार लागि सक्रिय रहेका छन। जिम्वेवारी प्राप्त गरेपछि फोन, सामाजिक संजाल र प्रत्यक्ष भेटेर बधाई दिने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै उनि आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्छन।
हार्दिक धन्यवाद !
२०७८/०१/२६ मा संवैधानिक परिषदबाट सिफारिस भई २०७८/०३/१० गते सम्माननीय राष्ट्रपति ज्यूबाट नियुक्ति भई आज २०७८/०३/११ गते राष्ट्रिय दलित आयोगका माननीय अध्यक्षज्यूबाट सपथ लिई पदभार ग्रहण गरेको छु । मैले प्राप्त गरेको जिम्मेवारीपछि फोन, सामाजिक संजाल र प्रत्यक्ष भेटेर बधाई दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
मेरो जिम्मेवारीको लागि सिफारिस गर्ने संवैधानिक परिषद, नेपाल सरकार प्रति आभार ब्यक्त गर्दछु । हाम्रो देश लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भईसकेपनि पुरानो व्यवस्थाले थुपारेको सामाजिक र सांस्कृतिक बिकृतिहरु विध्यमान छन् । त्यस्ता बिकृतिहरु धेरै पेचिला प्रकृतिका छन् । त्यसमध्येको जातीय छुवाछूत पनि सामाजिक जटिल सामाजिक बिकृति हो । जसले लाखौ उत्पीडित दलित समुदायको प्रतिष्ठा र स्वाभिमानमा गम्भीर आघात पारेको छ । जसले गर्दा उनीहरुको आर्थिक, सामाजिक र शैक्षिक स्तर विकासमा नकारात्मक असर पारेको छ । यस विषयलाई आत्मसात गर्दै नयाँ संविधानले दलित समुदायको अधिकारलाई मौलिक हकमा समेत समेटेको छ । जातीय छुवाछुत विरुद्ध ऐनको व्यवस्था गरेको यसै उद्देश्यलाई कार्यान्वयन गर्न संवैधानिक दलित आयोगको व्यवस्था भएको हो । मैले प्राप्त गरेको जिम्मेवारीमा रहेर देशको संविधान, ऐन, कानुनमा व्यवस्था भए बमोजिम दलित समुदायका अधिकारलाई सुनिश्चित गर्न प्रयत्न गर्ने छु । यसका लागि नागरिक समाज, राजनीतिक दलहरुसङ्गको उचित परामर्श, संयोजन र सह -कार्यका साथ दलित समुदायको समस्यालाई देशको साझा समस्या बनाउन राष्ट्रिय मनोविज्ञान, अठोट र संकल्प निर्माण गर्ने कुरामा दृढताका साथ लाग्ने छु । संविधान, ऐन र कानूनमा भएका व्यवस्थाहरुलाई आयोगका क्षेत्रधिकारको सीमामा रही यसलाई दलित समुदायको हितमा कार्यान्वयन गर्न, गराउन र आवश्यक रहँदा थप ऐन, कानून र नियमहरूको व्यवस्थापन गर्न पहल गर्ने छु । आयोगको सदस्यको जिम्मेवारीलाई मेरो अनुभव, ज्ञान र क्षमताले भ्याएसम्म ईमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता समेत जाहेर गर्दछु।


Published :११ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media