बुढानिलकण्ठ नगरपालिकाको भेरोसेल खोपको दोश्रो मात्राका लागि सुचना !

काठमाण्डौ।
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप केन्द्र तोकेको हो ।

जेठ २२ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई असार २२ देखि २४ गतेसम्म खोप लगाइने भएको छ ।पहिलो मात्रा लगाएका नागरिकहरुले खोप कार्ड बोकेर खोप केन्द्रमा गएर खोप लगाउन सकिन्छ । बुढानिलकण्ठ नगरपालिकामा करूणा अस्पताल र बुढानिलकण्ठ स्वास्थ्य चाैकीमा खाेप केन्द्र तोकिएको छ ।

सुचना :


Published :१८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media