प्रधानमन्त्रीद्वारा माथिल्लो तामाकोशीको बालुवाटारबाट उद्घाटन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी लगानीमा निर्मित देशकाे सबैभन्दा ठूलाे तामाकाेशी जलविद्युत आयाेजनाकाे भर्चुअल माध्यममार्फत उद्घाटन गरेका छन् । तामाकाेशी जलविद्युत आयाेजना उत्पादनपछि देशले प्रत्यक्ष एवम् बहुआयामिक लाभ प्राप्त गर्न सकिने प्रधानमन्त्री ओलीले वताए ।

साेमबार प्रधानमन्त्री ओलीले तामाकाेशी जलविद्युत आयाेजनाकाे ६ वटा टरबाइनमध्ये एउटा टरबाइनकाे उद्घाटन गरेका हुन् । हाल सबै टरबाइनहरुकाे प्रयाेग परीक्षण भइसकेको र सबै टरबाइनहरु पनि केही समयभित्र सुरु हुने र यसबाट ४ सय ५६ मेगावट विद्युत उत्पादन हुने र यसबाट देशले लाभ लिने बताइएकाे छ ।

यसैबीच राससका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेकी हुन् । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ ।
आयोजनामा छ वटा युनिट छन् । नेपालको जलविद्युत् विकासको इतिहासमा नयाँ कोशेढुंगासमेत कायम भएको छ । स्वदेशी लगानीको हालसम्मकै सबैभन्दा ठूलो आयोजना निर्माण शुरु भएको झण्डै ११ वर्षपछि सम्पन्न भएको हो । प्राकृतिक विपद् तथा अन्य कारणले गर्दा आयोजना ढिलाइ हुन पुगेको हो । आज एउटा युनिट सञ्चालनमा आएको छ भने अन्य पाँच वटा युनिट क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।


Published :२१ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media