कक्षा १२ को परीक्षा होमसेन्टरमा, विधार्थीलाइ मस्ती

राष्ट्रपाटी न्युज

५ श्रावण २०७८

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

बोर्डले सबै विद्यालयमा होम सेन्टर कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् । सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सर्तसहित अनुमति दिएको थियो । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि बोर्डको बैठकले भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । तर, यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

कक्षा १२ को परीक्षा होमसेन्टरमा संचालन हुने भएपछी विधार्थीलाइ सहज हुने भएको छ भने आफ्नै विधालयमा हुने परिक्षामा चिट चोर्ने लगायतका गतिविधि गर्न सजिलो हुने भएकाले विधार्थी र अभिभावकलाइ मस्ती हुने एकजना शिक्षाविद बताउछन्।


Published :५ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media