नेकपा (एमाले) ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७८

काठमाडौं । नेकपा एमाले ओखलढुंगा-काठमाण्डौ सम्पर्क मञ्चले श्रावण १६ गते शनिबारका दिन नवदुर्गा पार्टी प्यालेस सुकेधारा काठमाण्डौमा अगुवा कार्यकर्ता भेला तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख वक्ता केन्द्रीय कमिटी सदस्य किशोर अधिकारी रहेका थिए। त्यसैगरी अन्य बक्ताहरु वालकृष्ण ढुंगेल, शङकर कार्की,नानीवावु वुढाथोकी,शकुन्तला राजभण्डारी लगायतले आफ्नो धारणा राखेका थिए ।उक्त कार्यक्रमको अध्यक्षता मंचका अध्यक्ष मोहन बिष्ट र कार्यक्रम संचालन सचिव नवराज श्रेष्ठले गरेका थिए।

कार्यक्रममा समसामयीक परीवेश ,नेकपा एमालेको आन्तरिक विवाद तथा राष्ट्रिय राजनीतिले सिर्जना गरेका वेथितिको विषयमा अन्तरक्रिया एबम छलफल भएको थियो। उक्त कार्यक्रममा ओखलढुंगा जिल्लामा नेकपा एमालेको राजनैतिक भविष्य कसरी सुद्रीढ र सवल वनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

 


Published :१७ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media