नेपालमा कोरोना संक्रमण र मृत्यु झन् बढ्यो

राष्ट्रपाटी न्युज

२० श्रावण २०७८

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमण र मृत्यु फेरि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६,२९८ जनाको पीसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा ४,१०७ जना संक्रमित भएका छन् । सोही अवधिमा १५३५ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।योसँगै नौ हजार ९९७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३३,४६४ रहेको छ ।


Published :२० श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media