भूमि आयोग खारेजी विरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७८

काठमाडौं– सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । सरकारको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै बदर गर्न माग गरिएको छ ।

साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयको प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेको छ ।


Published :२२ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media