भदौमा महाधिवेशन गर्न देउवाको प्रस्ताव

राष्ट्रपाटी न्युज

२७ श्रावण २०७८

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न महाधिवेशन भदौ महिनामै गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुको आज बुढानीलकण्ठमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले महाधिवेशन भदौमा गर्न उपयुक्त भएको धारणा राखेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले पार्टीको महाधिवेशन, संवैधानिक संकटलगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका थिए ।


Published :२७ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media