
एजेन्सी । अमेरिकी शहर ‘अपर म्यानह्याटन’स्थित एक अपार्टमेन्ट भवनमा सोमबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य १४ जना घाइते भएका बताइएको छ।
दमकल विभागका अधिकारीले दिएको जानकारीमा स्थानीय समयअनुसार बिहानै १२:३५ बजे भवनको दोस्रो तलामा आगलागी भएको जानकारी प्राप्त भएको र बिहान ३:०० बजेसम्म आगो नियन्त्रणमा लिन नसकिएको बताइएको छ।
घटनास्थलमा रहेका एक उद्धारकर्मीका अनुसार आगलागीमा परेका तीन जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य नौ जनालाई अस्पताल पठाइएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आगलागीबाट १०० भन्दा बढी मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्। न्यूयोर्कमा यसै वर्ष भएको अर्को एक आगलागीको घटनामा परी ३६ जनाको मृत्यु भएको थियो । (रासस)