नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट

राष्ट्रपाटी न्युज

बैशाख २४, २०८३

काठमाडौं । आज बिहीबार नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक करिब ७ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब १९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदि ३३४ वटा स्क्रिप्सको  ६६ लाख ८४ हजार ७ वटा कित्ता २ अर्ब ९३ करोड १९ लाख  ६८ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम बुधबारको तुलनामा कम हो । कारोबारमा आएकामध्ये १५५ वटा स्टक्सको मूल्य बढ्दा १०२ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाको सेयर १२.१९ प्रतिशतले बढ्दा फर्वार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर १३.२४ अंकले घट्यो।

साढे १७ करोड मूल्य बराबरको सेयर कारोबार गरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। नेसनल हाइड्रोपावर कम्पनी र रिलायन्स स्पिनिङ्ग मिल्सले १४/१४ करोडको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरले ८ करोड ५९ लाख र नगदी ग्रुप पावरले ८ करोड १५ लाख मूल्य बराबरको सेयर कारोबार गरे।

आज पाँच समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक सकारात्मक देखिए। फाइनान्स,इन्भेस्टमेन्ट,मनु एण्ड प्रो,म्युचुअल फण्ड र नन लाइफ इन्स्योरेन्सको उपसूचक घट्दा अरु समूहको उपसूचक वृद्धि भए।


Published :बैशाख २४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media