एमालेले गर्यो १४ जना सांसदलाई पदमुक्त गर्ने निर्णय

काठमाडौं। नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको छ । एमालेले संघीय संसद सचिवालयलाई लेखेको पत्रको बाेधार्थ निर्वाचन आयोगमा आएको आयोगका प्रवक्ता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कारबाहीमा पर्नेमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।


Published :१ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media