युवाहरुले गगन थापासँग हिसाब किताब माग्नु पर्छ – भट्टराइ

राष्ट्रपाटी न्युज

१२ भाद्र २०७८

काठमाडौं । बूढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष एबं नगर प्रवक्ता नवराज भट्टराईले अब युवाहरुले सांसद गगन थापा सँग हिसाब किताब माग्नु पर्ने बताएका छन्।

संसदमा सँधै प्रधानमन्त्रीको हिसाब किताब मागेर बस्ने उनले तीन तीन पटक सांसद हुँदा यस क्षेत्रका जनता र युवाका लागि के के गरे भन्ने प्रश्न गरे। आगामि निर्वाचनमा समेत युवाको दुहाई दिंदै उनी भोट माग्न आउने भन्दै उनले युवाहरुले घर घरबाट हिसाब खोज्नु पर्ने बताएका हुन्।

भर्खरै पुनर्गठित नेकपा एमालेको बुढानिलकण्ठ नगर कमिटिको युवा इन्चार्ज बनेपछि वडाव्यापी रूपमा
आयोजना भइरहेका पार्टीका विभिन्न भेलाहरुलाई सम्बोधन गर्दै उनले सांसद थापाले युवाहरुका लागि केही नगरे पनि नगरपालिकाले भने युवा लक्षित विविध कार्यक्रम गरेको र भविष्यमा अझ सशक्त कार्यक्रम ल्याउने दाबी गरेका थिए।

आज मात्र उनले बूढानिलकण्ठ नगरपालिका वडा नं ८ र ११ मा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए।


Published :१२ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media