भोलि सात जिल्लाको वडा अधिवेशन गर्दै नेपाली काँग्रेस

राष्ट्रपाटी न्युज

४ आश्विन २०७८

काठमाडौं। नेपाली काँग्रेसको भोलि सातवटा जिल्लामा वडा अधिवेशन हुदैछ। यसअघि ५७ जिल्लाको अधिवेशन भइसकेको अवस्थामा भोलिको अधिवेशन निकै महत्वपूर्ण मानिएको छ । बढी प्रतिनिधि चयन हुने जिल्लाहरुका वडामा अधिवेशन हुन लागेकाले यो महत्वपूर्ण मानिएको छ ।

देशको सबैभन्दा बढी जनसंख्या भएका जिल्लाहरु मोरङ र काठमाडौं समेतका वडामा भोलि अधिवेशन हुँदैछ । ती जिल्लाहरुमा बढी प्रतिनिधि चयन हुनेछन् ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा पनि भोलि नै अधिवेशन हुँदैछ । यी जिल्लाहरुमा क्रियाशील सदस्यता विवादले अधिवेशन सरेको थियो ।

काठमाडौंमा काँग्रेसका प्रभावशाली नेताहरु छन् । सभापतिका दाबेदार प्रकाशमान सिंह, महामन्त्रीका दाबेदारहरु डा. प्रकाशशरण महत र गगन थापा काठमाडौंबाट प्रतिनिधित्व गर्छन् ।

मोरङ जिल्ला पनि काँग्रेसको गढ मानिन्छ । वीपी कोइराला यही जिल्लाका थिए । काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले लामो समय मोरङबाट चुनाव जितेका थिए । कोइराला परिवारका सदस्यमध्ये डा. शेखर कोइराला मोरङलाई आधार बनाएर राजनीतिक गर्दै आएका छन् । कोइराला परिवारका कतिपय सदस्य यही जिल्लाबाट राजनीतिक गर्दै आएका छन् ।


Published :४ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media