बालउद्दार माविमा ढकाल शिक्षक प्रतिनिधिको रुपमा चयन

राष्ट्रपाटी न्युज

२८ कार्तिक २०७८

काठमाडौं । राजधानीको बूढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार माध्यमिक बिधालयको व्यावस्थापन समितिमा प्रतिनिधित्व गर्ने शिक्षक प्रतिनिधिको चयन भएको छ। नयाँ व्यावस्थापन समिति चयन भएको करिव १ बर्ष पछि आज भएको शिक्षकहरुको बैठकले सर्बसम्मत रुपमा मुरारी कुमार ढकाललाइ शिक्षक प्रतिनिधिको रुपमा चयन गरेको हो।

हाल यस बिधालयमा धुर्व प्रसाद घिमिरेको नेतृत्वमा अरुण कुमार क्षेत्री,देवी रेग्मी ,दिल कुमारी बिक ,उर्मिला पोख्रेल ,शम्भु शरण पौडेल,कमला राना मगर सदस्य रहेको व्यबस्थापन समिति रहेको छ भने सदस्य सचिवमा विधालयका हेडसर विनोद पण्डित रहेका छन्।

बिबिध कारणले बेला बेला चर्चामा आइरहने यस बिधालयमा सयौं मध्यम, निम्न मध्यम र निम्न बर्गीय परिवारका बिधार्थिहरु अध्ययन गर्ने गर्छन।स्थानीय राजनीतिबाट सधै प्रभावित रहने यो बिधालयमा शिक्षक प्रतिनिधि सर्बसम्मत चयन हुनुले सकारात्मक संदेश दिएको विधालयका एक शिक्षक बताउँछन्।

गत बर्ष नेपाल सरकारको नमुना बिधालयको लागि छनोटमा परेको यो बिधालय नमुना बिधालयको लागि आबश्यक प्रक्रिया पुरा गर्न कार्यमा अगाडी बढेको छ। यसै सन्दर्भमा आज शैक्षिक योजना निर्माणका लागि बाशुदेव गुरागाईको संयोजकत्वमा ९ सदस्यीय एक विशेष कमिटि गठन गरिएको छ भने अन्य बिभिन्न बिभाग एबम महत्वपूर्ण विधामा संयोजकहरु समेत तोकिएको छ।

 


Published :२८ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media