भृकुटीमण्डपमा बृहत जुत्ता मेला जारी

राष्ट्रपाटी न्युज

२९ कार्तिक २०७८

काठमाडौं। एफम्यान फुटवेयर बिजनेस एक्स्पो २०७८ संचालन भैरहेको छ ।स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने नाराका साथ एक कार्यक्रमका बिच प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पानसमा दियो बालेर मेलाको उद्घाटन गरेका हुन् ।प्रमुख अतिथि ढकालले जुत्ता चप्पलमा नेपाल आत्मनिर्भर बन्दै गएकोले स्वदेशी उत्पादनका जुत्ता चप्पलको कारोबार गर्नुपर्नेमा जोड दिएका थिए ।आफ्नो देशको उत्पादन प्रयोगबाट मात्र समृद्धिको पहल गर्न सकिने र आफ्नै स्वदेशी वस्तुको प्रयोग र निर्यात बढाए मात्र व्यवसायी सँग सँगै देश पनि उभो लाग्ने विचार राखेका थिए ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले हरेक बर्ष गर्दे आइरहेको एक्स्पो यसपालि पनि प्रदर्शनी मार्ग स्थित भृकृटीमण्डपमा आयोजना भैरहेको छ ।

मेलामा नेपालका चर्चित ३० वटा कम्पनिहरुका ३ हजार थरिका जु्त्ता चप्पलहरु राखिएको छ । ६० वटा भन्दा बढि
स्टलहरु रहेको मेलामा उपभोक्ताले छानी छानी सस्तो मुल्यमा गुणस्तरिय जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । मेलामा १५ प्रतिसत देखि ५० प्रतिसत सम्म छूट पाउनुका साथै नयाँ नयाँ मोडेलका जुत्ता तथा चप्पल ,बालबालिका तथा लेडिज जुत्ता चप्पल उपलब्ध छ । मेला कार्तिक २६ गतेदेखी मंसिर १३ गतेसम्म चल्नेछ ।

सघको आयोजनाको यो तेस्रो ब्यापारीक मेला हो । बर्षमा २ पटक काठमाण्डौँमा र हरेक प्रदेशमा बर्षमा एक पटक ब्यपारीक मेला आयोजना गर्ने संघको निति अनुसार यो बर्षको पहिलो मेला कार्तिक २६ गतेबाट सुरु भएको हो ।


Published :२९ कार्तिक २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media