काठमाडौं ४(ख)मा रामप्रसाद लुइटेल सहित सबै निर्बिरोध !! अन्य को को ??

काठमाडौं- नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ ( ख ) को सभापतिमा रामप्रसाद लुइटेल निर्बिरोध निर्वाचित भएका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित मिलनचोक पार्टी भेन्युमा भएको अधिवेशनले सभापति लुइटेल सहित कार्यसमिति सर्बसम्मत निर्वाचित गरेको हो । त्यसैगरि उक्त कार्यसमितिमा उपसभापतिमा श्यामकृष्ण श्रेष्ठ र दिलिप खत्री निर्वाचित बनेका छन भने सचिबमा मनोज सिग्देल र अम्बिका राना सहसचिवमा मदनदास श्रेष्ठ र प्रमोद अधिकारी तथा कोषाध्यक्षमा शर्मिला कार्की निर्वाचित भएका छन् ।

त्यसैगरि १८ जना प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।

खुल्ला तर्फ सानुकान्छा श्रेष्ठ,धुर्व खड्का ,सन्तोष खड्का ,खिलानाथ सापकोटा ,विसु केसी ,शशी प्रसाद शर्मा,गोकुल बरुवाल ,शर्मिला कार्की ,कान्ता दाहाल ,विष्णुमाया खत्री निर्वाचित भएका छन भने जनजाती तर्फ बाबुराम लामा ,हरिरत्न श्रेष्ठ र ज्ञानुमाया श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरी खस आर्य तर्फ नारद प्रसाद भण्डारी ,संजय अर्याल र सुलोचना पौडेल र अन्यमा केशव प्रसाद ढकाल र दलितमा रेखा परियार प्रदेश प्रतिनिधि बनेका छन्।


Published :३ मंसिर २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media