बूढानीलकण्ठ नगरको कार्यक्रममा नेकपा एस गायव !!!

राष्ट्रपाटी न्युज

१७ मंसिर २०७८

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकाकाे आठौं स्थापना दिवस मंसिर १६ गते सम्पन्न भएकाे छ। नगरपालिका कार्यालय परिसरमा सम्पन्न भएको उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष एबम क्षेत्र नं ५ का साम्सद इश्वर पोख्रेल प्रमुख अतिथिका रुपमा रहेका थिए। सधै जस्तै क्षेत्र नं ४ का साम्सद गगन थापालाई निमन्त्रणा गरिएको भएपनि यो पटक पनि उनि अनुपश्थित भए। नेपाली कांग्रेसका अन्य अतिथि जनप्रतिनिधिहरुको समेत खासै उपश्थिति देखिएन। एमाले नेता एबम परराष्ट्रविद राजन भट्टराई, नेकपा एमालेका साम्सद दिपक निरौला, माननीय सुन्दर पुर्कुटी लगायत उपस्थित भएपनि कांग्रेसबाट निर्वाचित माननीयहरु अनुपश्थित थिए।

कार्यक्रममा नगरपालिकामा रहेका बिभिन्न राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको थियो। नेकपा एमालेका नगर अध्यक्ष प्रदिप डंगोल ,नेपाली कांग्रेसका नगरसभापति राजाराम बुढाथोकी, माओबादी केन्द्रका नगर अध्यक्ष भाइनारायण श्रेष्ठ, राप्रपाका श्याम खत्री, जसपाका लाल बहादुर तामांगहरुलाई अतिथिको रुपमा बोलाइएको थियो। तर भर्खरै नेकपा एमालेबाट विभाजन भएर कानुनी रुपमा नै बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी)लाइ कुनै निमन्त्रणा गरिएको थिएन भने कार्यक्रम संचालक नगर प्रबक्ता नवराज भट्टराईले उक्त पार्टीको नाम समेत उच्चारण गरेनन्।

यसैबीच नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष हरिराम ढुंगानाले आफुहरुलाई निमन्त्रणा नगरिएकोमा आपत्ति जनायका छन्। उनले यसमा नगर प्रमुख उद्वव खरेलको निरंकुशताबादी चरित्र देखिएको भन्दै मेयर खरेल के पी वली बन्न खोजेको आरोप समेत लगाएका छन्।

 

 

 


Published :१७ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media