कपन डुवान समस्या समाधान तर्फ

राष्ट्रपाटी न्युज

१९ मंसिर २०७८

काठमाडौं । बहुचर्चित कपन डुवान समस्या समाधानका लागि साततले-आनिगुम्बा ब्लक कल्भर्ट निर्माण कार्य पुन शुरु भएको छ।

बूढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले लामो समय देखि डुवानवाट पिडा भोग्दै आएका कपनवासीहरुलाई सो समस्याबाट राहत प्रदान गर्न वडा नं १२ को आनिगुम्बाबाट ब्लक कल्भर्ट निर्माण शुरु गरिएको जानकारी दिएका छन् ।

बूढानिलकण्ठ नगरपालिकाका वडा नं १०,११ र १२ तथा काठमाडौं महानगरपालिकाको वडा नं ६ का स्थानीयहरुलाई प्रभावित पार्ने डुवान समस्या समाधानका लागि पहिलो चरणमा १,४७० मिटर ब्लक कल्भर्ट निर्माण हुन लागेको हो ।

आनिगुम्बा देखि मिलन चोक तरकारी बजार सम्म कल्भर्ट निर्माणका लागि २८ करोड ७३ लाख बजेट बिनियोजन भएको छ। दुइ सिफ्टमा काम गरेर भएपनि सो योजना चाडै सम्पन्न गर्न ठेकेदार संग समझदारी गरिएको र त्यसको निरन्तर अनुगमन गरिने वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले बताएका छन् ।

यसक्रम संगै कपनको डुवान समस्या समाधानको दिशातर्फ उन्मुख भएको छ। कल्भर्ट निर्माण कार्य सफलता पुर्वक सम्पन्न भएमा कपनका जनप्रतिनिधिहरुको साख बढ्ने र जनताको विश्वास थप मजबुत हुँदै जाने एक स्थानीयबासी बताउंछन्।


Published :१९ मंसिर २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media