रामहरी खतिवडाको पाँचौ लोकप्रिय मत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेता तथा ओखलढुंगा जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित रामहरी खतिवडाले खुल्ला केन्द्रीय सदस्यमा पाँचौ लोकप्रिय मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा खुल्लातर्फको केन्द्रीय सदस्यमा उम्मेदवार बनेका खतिवडाले २८३२ मत पाएका हुन्।

नेपाली कांग्रेसका पुर्व महामन्त्री शशांक कोइराला अन्य नेताहरु एन पी साउद ,बालकृष्ण खांड र उदय शमशेर राणा पछी पाचौ लोकप्रिय मत प्राप्त गर्दै खतिवडा केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

निरन्तर ओखलढुंगा जिल्लामा सक्रिय खतिवडा अघिल्लो महाधिवेशनमा केन्द्रिय सदस्यमा पराजित भएका थिए। उनीसंगै ओखलढुंगा जिल्लाबाट प्रदिप सुनुवार र बाला अधिकारी समेत केन्द्रिय सदस्यको उमेद्वार छन्।


Published :५ पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media