बालउद्दार माविले आयोजना गर्यो भव्य स्वागत कार्यक्रम

काठमाडौं– राजधानीको बूढानीलकण्ठ नगरपालिका १० कपनमा रहेको बाल उद्दार मा वि मा आज एक बिशेष समारोह सम्पन्न भएको छ। भर्खरै प्रस्तावित नमुना बिद्यालयमा पर्न सफल यस बिधालयले आफ्नो नियमित बार्षिक कार्यक्रम अनुरुप यस बर्ष कक्षा ११ मा भर्ना भएका बिधार्थिहरुलाई कक्षा १२का बिधार्थीहरुले स्वागत गर्ने कार्यक्रम आयोजना गरेको हो। बूढानीलकण्ठ नगरपालिका १० कपनमा रहेको मिलनचोक पार्टी भेन्युमा आयोजना गरिएको उक्त कार्यक्रममा विधालयका बिधार्थी, शिक्षक , कर्मचारीका साथै विधालय व्यावस्थापन समितिका बर्तमान एबम पुर्व पदाधिकारी लगायतका बिबिध राजनीतिक सामाजिक अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

बूढानीलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ११ का नब आगन्तुक बिधार्थिहरुलाई उपहार एबम सांगीतिक प्रस्तुतिहरु सहित स्वागत गरिएको थियो भने विधालयका प्रधानाध्यापक बिनोद पण्डितले सम्पूर्ण बिधार्थिहरुलाई स्वागत एबम धन्यवाद ज्ञापन गर्दै बिधालयले आफ्नो गुणस्तरीय शिक्षा दिने अभियानमा कुनै सम्झौता नगर्ने बताएका थिए।

त्यस्तै बिधालय व्यबस्थापन समितिका अध्यक्ष धुर्व प्रसाद घिमिरेले देशभरका ६८ जिल्लाका बिधार्थीहरुले बाल उद्दार माविलाइ बिश्वास गरेकोमा खुशी व्यक्त गर्दै आफुहरुको कार्यकालमा बिधालयको सम्पूर्ण बिकास गर्ने अभियान जारि रहने बताएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवराज भट्टराईले विधालयको शिक्षालाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखिने भन्दै नगरपालिकाले आवस्यक सम्पूर्ण सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिएका थिए।

उक्त कार्यक्रममा इन्टरयाक्ट क्लब पशुपति बालउद्वारले ट्यालेन्ट शोको समेत आयोजना गरेको थियो। उक्त सो मार्फत बिधालयमा अध्ययन गर्ने बिधार्थीहरुले प्रस्तुत गरेका बिबिध प्रस्तुतिहरु मध्यबाट बिभिन्न विधामा प्रथम द्वीतिय र तृतीय हुने बिजेताहरुलाई प्रमाण पत्र र मेडल वितरण गरिएको थियो।


Published :१५ पुष २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media