अन्तत: बूढानीलकण्ठमा भुवनेश्वरले कार्यभार सम्हाले, शम्भु भट्टराईको भूमिका निर्णायक

बूढानीलकण्ठ। अन्तत केहि दिनको विवाद पछि बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा भुवनेश्वर लामिछानेले कार्यभार सम्हालेका छन्। नगरपालिकामा निवर्तमान प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्किलाई जबर्जस्ति बिदाइ गर्नुपर्ने अबस्था आइलागेको छ। आईतबार एक औपचारीक कार्यक्रम मार्फत नगरपालिका प्रमुख उद्दव खरेल, उप-प्रमुख रमा देवि राई, वडाध्यक्ष एबम सुशासन समिति प्रमुख शम्भु प्रसाद भट्टराई लगायत महाशाखा तथा शाखा प्रमुखहरुले वर्तमान प्रशासकिय अधिकृत लामिछानेलाई फुलमालाका साथ स्वागत गरेका छन् ।

करिब ६ महिना बूढानीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत राजेन्द्र कार्की कञ्चनरुप नगरपालिका, सप्तरीमा सरुवा भएपनि त्यहाँ जान नमानी नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा भुवनेश्वर लामिछानेलाइ स्वीकार नगरेपछि विवाद उत्पन्न भएको थियो। उनले लामिछानेले गरेको हाजिरी समेत काटी दिएका थिए भने कार्यभार सुम्पन मानिरहेका थिएनन्।

यसै बीच बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष एबम सुशासन समिति प्रमुख शम्भु प्रसाद भट्टराईले नगर प्रमुख उद्दव खरेलको सहमतिमा यस बिषयमा हस्तक्षेपकारी भूमिका निर्बाह गरेका छन्। उनले गत शुक्रबार कार्कीलाई नयाँ प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर आइसकेको अबस्थामा बाटो खुला गर्न र कार्यभार हस्तान्तरण गर्न चेतावनीमुलक अनुरोध गरेका थिए। उनले आइतबार देखि सहजढंगले कार्यभार हस्तान्तरण नगरे जवर्जस्ती समेत गर्ने अबस्था आउने चेतावनी समेत दिएका थिए। आइतबार कार्यालय समय शुरु हुनासाथ प्रमुख प्रशासकिय अधिकृतको रुपमा भुवनेश्वर लामिछानेलाइ स्वागत गरिसकिएको थियो भने राजेन्द्र कार्की भने उपस्थित थिएनन्।

बूढानीलकण्ठ नगरपालिकामा स्थानीय तहको निर्वाचन पश्चात विगत ४ बर्षमा भुवनेश्वर लामिछाने आठौँ प्रमुख प्रशासकिय अधिकृत बनेका छन् । यस अघि बिश्वराज मरासैनि, लिला अधिकारि , प्रदिप पौडेल, कुमार प्रसाद कोईराला, नारायण प्रसाद रिसाल, बैकुण्ठ सापकोटा र राजेन्द्र कार्किले नगरपालिकाको उक्त पदमा रहेर काम गरिसकेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयको अतिरिक्त समुहबाट सरुवा भएका लामिछानेले साविक कपन गा.वि.स. को सचिव पदमा रहि बुढानीलकण्ठ क्षेत्रमा काम गरिसकेका छन् भने सिन्धुपाल्चोक स्थित चौतारा नगरपालिका र बलेफि गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरेको अनुभव समेत छ । लामिछानेले २०७१ सालमा बूढानीलकण्ठ नगरपालिका स्थानीय सरकार स्थापना भएसँगै नगरपालिका प्रशासन शाखा अधिकृतको रुपमा समेत काम गरेका थिए ।

 

 


Published :२ माघ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media