कपन ह्यान्डबल मैदान निर्माण कार्य द्रुतगतिमा

काठमाडौ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा रहेको ह्यान्डबल मैदानको निर्माण कार्य द्रुतगतिमा अगाडि बढिरहेको छ।२०७९ श्रावण ३० गते भित्र कार्य सम्पन्न गरिसक्नुपर्ने यो योजनाको हाल र्याफ्ट फाउन्डेसनको १ मिटर ढलान गर्ने कार्य सम्पन्न हुँदै छ।

करिब १००० जना अट्ने प्याराफिटको बेसमेन्टमा अफिस, टिकट काउन्टर , चेन्जिङ्ग रुम, विभिन्न इन्डोर गेम चल्न सक्ने हल बन्दै छन् । सिट पाइलिङ्गले जोगाएर बेसमेन्टको ब्लक A ढलान हुँदै गरेको र ब्लक B को लागि आर सि सि पाइलिङ्ग गरेर मात्र ढलान गरिने इन्जिनियर महेश माकले जानकारी दिएका छन् ।

करिब ९ करोडको लागतमा निर्माण हुँदै गरेको यो योजना  बूढानीलकण्ठ नगरपालिकाको गौरवको योजना हो।          बूढानीलकण्ठ नगरपालिकाको हालसम्मकै धेरै आर्थिक लगानीमा सम्पन्न हुँदै गरेको यो योजना तोकिएको समयमा नै सम्पन्न गरेर व्यवस्थित खेल मैदानमा परिणत गरिने बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एबम नगर प्रबक्ता नबराज भट्टराईले बताएका छन् ।

बर्षौ अगाडि देखी नेपाल ह्याण्ड बल संघको स्वामित्वमा रहेको भएपनि उक्त संघले खासै सशक्त रुपमा यो योजना अगाडि बढाउन सकेको थिएन । यहि रफ्तारमा नै काम भएमा निकट भविष्यमा नै बूढानीलकण्ठ नगर तथा कपनबासिले छिटै सुबिधा सम्पन्न खेलमैदान प्राप्त गर्ने अवस्था सिर्जना भएको छ।


Published :१२ माघ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media