दिप मण्डला यूवा क्लबको कोरोना सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं। बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन क्षेत्रमा सामाजिक कार्यमा सक्रिय रहेको दिप मण्डला युवा क्लबले कोरोना सचेतना कार्यक्रम तथा निशुल्क माक्स तथा सेनिटाइजर वितरण कार्यक्रम सम्पन्न गरेको छ।बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन क्षेत्रमा रहेको साततलेबाट सुरु भएको उक्त अभियान नारायणचाेक ,पन्चकुमारी चाेक,मिलनचाेक,शिव मन्दिर, आकाशेधारा वडा कार्यालय तथा बिबेकचाेक हुँदै नारायणचाेकमा आएर सम्पन्न भएको थियो।

उक्त अभियान अन्तर्गत झन्डै २५० भन्दा बढी व्याक्तिहरुलाई 2000 पिस माक्स एबम सेनिटाईजर बितरण गरिएको उक्त क्लबका सचिब प्रदिप मैनालीले जानकारी दिएका छन्।

पछिल्लो समय कोरोना संक्रमणका कारण स्थानीय जनतामा परेको प्रभाव र त्यसले पारेको असर कम गर्न युवाहरुको सक्रियता अत्यन्त महत्वपूर्ण रहेको भन्दै स्थानीयबासीहरुले दिप मण्डला युवा क्लबको उक्त कार्यको प्रशंसा गरेका छन् ।


Published :२२ माघ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media