बूढानिलकण्ठमा बल्ल तात्यो एकीकृत समाजबादी

राष्ट्रपाटी न्युज

३ फाल्गुन २०७८

काठमाडौ। नेकपा एकीकृत समाजवादी काठमाडौले जिल्ला अन्तरगतका सबै ११ वटा स्थानिय तहमा पार्टी कामलाइ व्यवस्थित गर्न संगठन निर्माण तथा व्यबस्थापन गर्ने कार्य शुरु गरेको छ। त्यसै क्रममा यहि माघ २९ गते बूढानिलकण्ठ ११, कपन स्थित कपन भिलेज रिसोट्मा पार्टी स्थाइ कमिटी सदस्य एवम बागमती प्रदेश अध्यक्ष साबित्रा भुसालको प्रमुख आतिथ्यतामा नगरकमिटी घोषणा गरिएको छ।

हरिराम ढुंगानाको अध्यक्षतामा गठन गरिएको उक्त कमिटिको उपाध्यक्षमा  लक्ष्मी गुरुङ, सचिव प्रमोद ढकाल, उपसचिवमा बिष्णु प्रसाद भट्टराई र दिपक अधिकारी रहेका छ्न । उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवम् काठमाडौ जिल्ला अध्यक्ष कुसुम कुमार कार्किले अवको अभियान स्थानिय निर्वाचन केन्द्रित हुने र निर्वाचनमा बिजय हासिल गर्नुपर्ने धारणा राखेका थिए । उक्त कार्यक्रममा जिल्ला उपसचिव धुर्वराज न्यौपानेले पार्टिका नेताको सम्पतिको श्रोत र सम्पती सार्वजनिक गर्नुपर्ने, स्वास्थ्य उपचारका नाममा राज्यको सम्पती लिनु नहुने बताएका थिए ।

उक्त कमिटिलाइ सफत ग्रहण स्थाइ कमिटी सदस्य एवम बागमती प्रदेश अध्यक्ष साबित्रा भुसालले गराएका थिइन् ।


Published :३ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media