देउवा र ओलीबीच बालकोटमा भेट, राजनीतिमा तरंग

राष्ट्रपाटी न्युज

५ फाल्गुन २०७८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाँईका अनुसार प्रधानमन्त्री देउवा ओलीलाई भेट्न डा. आरजु राणा देउवाका साथ बालकोट पुगेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
‘नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग उहाको निजी निवास बालकोटमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिबारे भेटवार्ता गर्नु भएको छ’, बजगाईंले भने ।

यसअघि सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा छलफल भएको थियो। सत्ता गठबन्धनको बैठक भोलि शुक्रबार बिहान १० बजे पुनः बस्दैछ।

सत्ता गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री देउवा डा. राणाको साथमा बालकोट पुगेका हुन् ।


Published :५ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media