नेकपा एसले गर्यो एमसिसिको पक्षमा उभिने निर्णय

राष्ट्रपाटी न्युज

फाल्गुन १५, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसी अनुमोदनको पक्षमा उभिने निर्णय गरेको छ ।

भर्खरै बसेको स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै अनुमोदनका पक्षमा उभिने निर्णय गरेको हो ।

नेकपा एसको स्थायी कमिटी बैठकपछि सचिव रामकुमारी झाँक्रीले गठबन्धनमा बनेको सहमतिअनुसार अगाडि जाने निर्णय भएको जानकारी दिइन् ।

आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ ।


Published :फाल्गुन १५, २०७८


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media