राजन कुमार पोखरेल बने एमाले काठमाडौंको क्षेत्र नं ४(ख) संयोजक

राष्ट्रपाटी न्युज

१९ फाल्गुन २०७८

काठमाडौं । नेकपा एमाले काठमाडौंको प्रथम पूर्ण बैठकले जिल्लाभर बिभिन्न जिम्वेवारीहरु तोकेको छ। यस अनुसार नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ ( ख ) मा नयाँ नेतृत्व चयन भएको छ। जसअनुसार राजन कुमार पोखरेल नेतृत्वमा प्रदेस क्षेत्र कमिटी गठन भएको हो।

२०४९ सालदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पोख्रेल जिफन्ट काठमाडौंको इलाका नम्बर ३ सदस्य हुँदै नेकपा एमाले क्षेत्र नम्बर ४ मा पटक पटक सदस्य एबम सचिवालय सदस्य बनेका थिए। लामो समय देखि सहकारी क्षेत्रमा आबद्द रहेका उनि क्षत्रिय सदस्य संगै सहकारी बिभाग इन्चार्ज समेत बनेका थिए। नेपाल ह्याण्डबल संघका वर्तमान उपाध्यक्ष समेत रहेका उनि नेकपा एमाले काठमाडौं जिल्ला कमिटिको सदस्यमा दोस्रो पटक निर्वाचित भएका थिए।

त्यस्तै उक्त कमिटिको सहसंयोजकमा शिला लामा तथा सचिवमा गोविन्द कटवाल चयन भएका छन् । सदस्यहरु भने पदेन रहने व्यबस्था रहेको छ। बूढानिलकण्ठ नगरपालिकामा उक्त प्रदेश क्षेत्रबाट निर्वाचित वडाध्यक्षहरु एबम पार्टीका वडाध्यक्षहरु तथा नगर प्रमुख समेत यस कमिटीमा पदेन सदस्य रहने प्राबधान रहेको छ।


Published :१९ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media