काठमाडौं– देशव्यापी रुपमा संगठन विस्तार र पार्टी सुद्रिढिकरण अभियान संचालन गरिरहेको नेकपा एमालेले बूढानिलकण्ठ नगरपालीकामा समेत आक्रामक ढंगले संगठन विस्तार कार्यक्रमलाइ अगाडी बढाएको छ। यसै सन्दर्भमा हरेक वडाभित्र कम्तिमा पाचवटा टोल कमिटि गठन गर्ने अभियान अन्तर्गत बूढानिलकण्ठ नगरपालीका वडा न १० ले आफ्नो पाचौ एबम अन्तिम टोल कमिटी गठन सम्पन्न गरेको छ। विभिन्न एरियाहरुलाई समेटेर यस अघि चार वटा टोल कमिटि बनिसकेको र पाँचौ टोल कमिटि गठन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको नेकपा एमाले वडा नम्बर १० कमिटि सचिव शम्भु पौडेलले जानकारी दिएका छन्।
वडा नम्बर १० स्थित सिद्देस्वर महादेव मन्दिर क्षेत्रमा वडा कमिटि अध्यक्ष जगत प्रसाद निरौलाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको संचालन सचिव शम्भु पौडेलले गरेका थिए। कार्यक्रममा नेकपा एमाले बूढानिलकण्ठ नगर इन्चार्ज लक्ष्मी संग्रौला , वडा इन्चार्ज मधु अधिकारी ,वडाध्यक्ष नबराज भट्टराई , बिन्दा गौतम ,प्रदेस ख संयोजक राजन पोख्रेल , जिल्ला कमिटि सदस्यहरु देवी रेग्मी,रमा राई , शिला लामा लगायतको उपस्थिति रहेको थियो। त्यस्तै नगर कमिटि सदस्यहरु विक्रम केसी ,चन्द्रमान श्रेष्ठ , रिता दाहाल ,उद्दव भट्टराई ,बैकुण्ठ अधिकारी लगायतको उपश्थिति रहेको थियो।
कार्यक्रममा वडा कमिटि अध्यक्ष जगत प्रसाद निरौला ,नगर इन्चार्ज लक्ष्मी संग्रौला , वडा इन्चार्ज मधु अधिकारी ,वडाध्यक्ष नबराज भट्टराईले आफ्नो मन्तव्य राखेका थिए। वडा न १० अन्तर्गत पन्चकन्या , शिव शक्ति नगर , सिद्देश्वर हाइट , जुगल हाइट , माउन्ट कैलाश हाइट , जोर धारा एरिया समेटेर टोल कमिटि गठन गरिएको छ। उक्त कमिटि इन्चार्ज राजेन्द्र प्रसाद अधिकारी, अध्यक्ष द्रोण प्रसाद अधिकारी , उपाध्यक्ष शिव प्रसाद खतिवडा , सचिव कैलाश बिक्रम थापा , उप सचिव साबित्रा लामिछाने उप सचिव रुपेश रम्तेल लगायत २३ सदस्यीय रहेको छ ।
गत स्थानीय निर्बाचनमा एमालेले बिजय हासिल गरेको यस वडामा टोल कमिटि मात्र नभई साना साना सेल कमिटि समेत बन्ने नेकपा एमाले वडा नम्बर १० कमिटिका अध्यक्ष जगत प्रसाद निरौलाले जानकारी दिएका छन्।