नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरुको शपथग्रहण आज

राष्ट्रपाटी न्युज

२१ फाल्गुन २०७८

काठमाडौ। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ आज हुँदैछ ।

शनिबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित कानून समितिको बैठक कक्षमा शपथ कार्यक्रम आयोजना गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

संविधानबमोजिम राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरुको शपथ गराउने छन् ।

राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ पद रिक्त हुन्छ ।

२० जना राष्ट्रिय सभाका सदस्य शुक्रबारदेखि बिदा भएका छन् ।

आज सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक जना बाहेक १९ जनाको शपथ हुनेछ ।

राष्ट्रिय सभाका १९ सिटका लागि माघ २४ गते भएको निर्वाचनमा गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित ‘क्लस्टर’सँग सम्बन्धित रहेका थिए।

 


Published :२१ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media