बूढानिलकण्ठ १० मा राष्ट्रिय यूबा संघ नेपालको कमिटि गठन

राष्ट्रपाटी न्युज

२२ फाल्गुन २०७८

बूढानिलकण्ठ – नेकपा एमालेको जनबर्गिय संगठन राष्ट्रिय यूबा संघ नेपालले बूढानिलकण्ठ नगरपालीका वडा नम्बर १० मा आफ्नो संगठन विस्तार गरेको छ । आज सम्पन्न यूबाहरुको भेलाले राजन श्रेष्ठको अध्यतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । उक्त कमिटिको उपाध्यक्षमा दिपेश भण्डारी सचिवमा प्रदिप मैनाली उपसचिवमा दिनेश चौलागाई र अनिश लामा लाइ चयन गरेको छ। त्यसैगरी सदस्यहरुमा बिक्रम तामांग,राज लामा,विपिन श्रेष्ठ ,अमर बहादुर सुनुवार,सतिश श्रेष्ठ ,उमेश कोइराला ,सन्दिप तामांग ,भानु सुनाम ,बिक्रम तामांग,अर्जुन बोहोरा ,अनिल तामांग ,दिपेश तामांग ,कौशल भट्टराई ,सुजन दाश,सबिन थपलिया,आकेश पोख्रेल चयन भएका छन्।

वडा नम्बर १० स्थित अतिथि किचनमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य मिठाराम अधिकारी , बूढानिलकण्ठ नगर इन्चार्ज लक्ष्मी संग्रौला , वडा इन्चार्ज मधु अधिकारी ,वडाध्यक्ष नबराज भट्टराई , प्रदेस ख संयोजक राजन पोख्रेल , पुष्प भट्टराई , कर्ण लामा , शम्भु पौडेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य मिठाराम अधिकारी , बूढानिलकण्ठ नगर इन्चार्ज लक्ष्मी संग्रौला , वडाध्यक्ष नबराज भट्टराई , बूढानिलकण्ठ राष्ट्रिय यूबा संघका अध्यक्ष कर्ण लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए। दिपेश भण्डारीले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता राजन श्रेष्ठले गरेका थिए।

कार्यक्रममा आफ्नो बिशेष मन्तव्य राख्दै नब निर्बाचित अध्यक्ष राजन श्रेष्ठले बूढानिलकण्ठ नगरपालीका वडा नम्बर १० मा यूबा संघले शसक्त गतिविधि संचालन गर्ने बताउदै वडा भित्र रहेका सयौं यूवाहरुलाई संगठन निर्माणको अभियानमा लगाउने बताएका थिए। आगामी निर्बाचनमा बूढानिलकण्ठ नगरपालीका वडा नम्बर १० लगायत सिंगो नगरपालिकामा नेकपा एमालेलाइ विजय गराएरै छाड्ने दावी समेत गरेका थिए।

 


Published :२२ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media