माओबादीबाट निर्वाचित मेयर, उपमेयर र वडाध्यक्षहरु एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

२५ फाल्गुन २०७८

काठमाडौं । मोरङ जिल्लाको पूर्वराजधानी रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन् ।

रंगेलीमा आयोजित विशाल समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित करिब ५ हजारजनालाई पार्टी प्रवेश गराएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले दावी गरेका छन् ।

प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत छन् । उनीहरू पनि माओवादीबाटै निर्वाचित भएका थिए ।

रंगेलीका ९ मध्ये तीन वडाध्यक्ष र मेयर उपमेयर जितेको माओवादीका अब एक वडाध्यक्षमात्र पार्टीमा रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले माओवादीको सानो हिस्सामात्र प्रचण्डसँग रहेको भन्दै नेकपा एकताको निरन्तरताका रूपमा एमालेमै मूलधार रहेको बताए ।


Published :२५ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media