मधेशमा एमालेको आक्रामक पार्टी प्रवेश अभियान

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०७८

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी , दुईजना वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य र केही वडा सदस्य तथा नगर कार्यपालिका सदस्यहरु एमाले प्रवेश गरेका छन् । शनिबार सरावगीसँगै एमाले प्रवेश गर्नेमा वडा नम्बर १४ का वडाध्यक्ष भर कुर्मी,२५ का बृजलाल पटेल र जिल्ला समन्वय समितिका सदस्य आमोद यादवसहितका जनप्रतिनिधिहरु रहेका छन् ।

त्यसैगरी बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिबार जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।

नबप्रवेशीहरुलाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं विभिन्न कार्यक्रममा पुगेका छन् । अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ,प्रभु साह,ज्वालाकुमारी साह लगायतका नेताहरु समेत पुगेका छन् ।

नवप्रवेशीहरुलाई अबिर माला लगाएर एमालेमा स्वागत गरिएको थिष्यो । ओलीले अब मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको भन्दै अहिलेका प्रवेशहरु ट्रेलरमात्र भएको बताए ।

 


Published :२८ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media