काठमाडौ। बूढानीलकण्ठ नगरपालिकाका प्रमुख एबम नेकपा एमाले बागमती प्रदेश सदस्य उद्दव प्रसाद खरेलले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ल्याएको घोषणापत्र बमोजिम काम गर्न सफल भएको बताएका छन् । राश्ट्रपाटी न्युज संग बिशेष कुराकानी गर्दै उनले बिकास तथा पुर्वाधार निर्माणको क्षेत्रमा ऐतिहासिक काम भएको दावी गरेका हुन् । ´अन्य क्षेत्रमा पनि धेरै काम शुरु भएका छन् ,तर पुर्वाधार निर्माणमा ऐतिहासिक सफलता प्राप्त भएको छ´ उनले भने। नगरपालिका भित्रका कुना कुनामा जनताले बिकासको अनुभव गर्न पाएको भन्दै उनले घोषणापत्रमा उल्लेख्य भएको मध्य पुर्वाधार निर्माणमा झन्डै ७०% भन्दा बढी काम सम्पन्न भएको जानकारी दिएका छन् ।
यसैबीच मेयर खरेलले नेपाली काङ्ग्रेस लगायत प्रतिपक्ष दलहरू प्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।उनले अरुलाइ आलोचना गर्न र ज्ञापन पत्र बुझाउन सजिलो हुने भन्दै मेयरको कुर्सीमा बसेर काम गर्न सहज नभएको बताएका छन् । नगरपालिकामा आउन र गाली गर्न सजिलो भएपनि सबैलाई व्यवस्थापन गर्न अत्यन्त कठिन भएको उनको भनाइ छ। आफूलाई केहि व्याक्ती र पार्टीले निरन्तर आलोचना र गाली गर्ने गरेको बताउँदै उनले जनताको मतबाट निर्बाचित भएर आउन र काम गरेर देखाउन चुनौती समेत दिएका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा समेत खरेल एमालेको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्ने करिब निश्चित नै छ।