कांग्रेसबाट बूढानिलकण्ठ १० को वडाध्यक्षमा डिपी आचार्यको सम्भावना

काठमाडौं । आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने लगायत निर्वाचन कार्यक्रम समेत घोषणा भए संगै देश निर्बाचनको माहोलमा प्रवेश गरिसकेको छ। यससंगै देशभर आगामि निर्बाचनमा को व्याक्ति कुन पदको उमेद्वार बन्ने हो र पार्टीले कसलाई टिकट दिने होला भन्ने कौतुहलता आम नागरिकमा बढेको छ। हरेक चिया चौतारीमा समेत यसै सन्दर्भमा छलफल हुन थालेको छ। यसैबीच राजधानी काठमाडौंको महत्वपूर्ण नगरपालिका बूढानिलकन्ठ नगरपालिकामा समेत बिबिध चर्चा परिचर्चाहरु चल्न थालेका छन्।

बूढानिलकण्ठ नगरपालिकाको बिभिन्न वडामा सम्भावित वडाध्यक्ष र सदस्यहरुको आंकलन हुँदै गर्दा नेपाली कांग्रेशले यस नगरपालिकामा घनिभूत छलफल अगाडी बढाएको छ। गत निर्बाचनमा संघीय साम्सदमा नेपाली कांग्रेसका गगन थापाले जितेपनि स्थानीय तहमा भने धेरैजसो ठाउँमा नेकपा एमालेले जितेपछि उनले व्यापक गुनासो गर्दै आइरहेका थिए। आफुले पटक पटक अपमानित हुनुपरेको गुनासो गर्दै आइरहेका उनले यो पटक भने अहिले देखि नै निर्बाचनको तयारी थालेका छन् । आफ्नो क्षेत्रमा स्थानीय तह जसरि पनि जितेर छाड्ने तयारीमा गगन थापा रहेको र उनले जसले भन्यो उसैले स्थानीय तहमा टिकट पाउने निश्चित जस्तै रहेको नेपाली कांग्रेशका स्थानीय एक नेता बताउछन्। त्यसको तयारी स्वरूप अहिले बिभिन्न उम्मेदवारहरु निश्चित गर्ने र प्रचार प्रसार शुरु गर्ने कांग्रेशको योजना छ।

यसै बीच बूढानिलकण्ठ नगरपालिका वडा नं १० को वडाध्यक्षमा कांग्रेसको तर्फबाट डोर प्रसाद आचार्य उम्मेदवार बन्ने सम्भावना प्रवल बनेको छ। लामो समय सम्म शैक्षिक क्षेत्रमा योगदान दिएका आचार्यलाइ गगन थापाको समेत बलियो समर्थन रहेको र उमेद्वार बन्ने करिव निश्चित जस्तै रहेको श्रोतको भनाइ छ।

पार्टीको तर्फबाट सर्बसम्मत उम्मेदवार अहिले नै चयन गरेर जाने , गठबन्धन बन्ने अबस्था आएमा समेत वडाध्यक्षको उम्मेदवार आफ्नै भागमा पर्ने भएकाले पनि कांग्रेसले सर्बसम्मत उम्मेदवारको तयारी गरेको हो। नेकपा एमालेको तर्फबाट वर्तमान वडाध्यक्ष नबराज भट्टराई नै उम्मेदवार बन्ने आंकलन गर्दै कांग्रेसले भट्टराई शसक्त उम्मेदवार भएकाले उनि संग चुनावी मैदानमा लड्न डिपी आचार्य अन्य उम्मेदवार भन्दा मजबुत हुने ठहर गरेको श्रोतको भनाइ छ।

राम प्रसाद लुइटेल, डिल्ली प्रसाद डोटेल ( श्याम ), नारदमणि घिमिरे, रिता बुढाथोकी,पवित्रा पोखरेल ,श्याम तिम्शिना लगायत आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बूढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा सम्भावित उमेद्वारका रुपमा भने रहेका छन।

 

 


Published :४ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media