कांग्रेसबाट बूढानिलकण्ठको मेयरमा बद्रि भट्टराईको दावी

बूढानिलकण्ठ। आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने लगायत निर्वाचन कार्यक्रम समेत घोषणा भए संगै देश निर्बाचनको माहोलमा प्रवेश गरिसकेको छ। यससंगै देशभर आगामि निर्बाचनमा को व्याक्ति कुन पदको उमेद्वार बन्ने हो र पार्टीले कसलाई टिकट दिने होला भन्ने कौतुहलता आम नागरिकमा बढेको छ। हरेक चिया चौतारीमा समेत यसै सन्दर्भमा छलफल हुन थालेको छ। यसैबीच राजधानी काठमाडौंको महत्वपूर्ण नगरपालिका बूढानिलकन्ठ नगरपालिकामा समेत बिबिध चर्चा परिचर्चाहरु चल्न थालेका छन्।

यसैबीच नेपाली कांग्रेसको तर्फबाट बूढानिलकण्ठ नगरपालिकामा मेयरको टिकट कसले पाउला भनेर चर्चा परिचर्चा चल्दै गर्दा यूवा नेता बद्रि भट्टराईले समेत आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। इन्द्र बहादुर थापा, गोकर्ण केसी ,बिनोद चालिसे , राजाराम बुढाथोकी लगायतको नाम चर्चामा आउंदै गर्दा भट्टराईको नाम समेत अगाडी आएको हो।

बूढानिलकण्ठ नगरपालिकामा उज्यालो नगरपालिका अभियान लिएर आफू मैदानमा उत्रने भन्दै भट्टराईले आफू गगन थापाको सबैभन्दा विश्वासपात्र भएको दावी गरेका छन्। आफु कुनै गुटमा नलागी स्वतन्त्र र छुट्टै उठ्दा समेत क्षेत्रीय सचिवमा सशक्त ढंगले विजय हाँसिल गरेको भन्दै जनता र कार्यक्रताको माया आफूप्रति अगाध रहेको उनको दाबि छ ।

यसैबिच बूढानिलकण्ठ नगरपालिकामा कांग्रेसको तर्फबाट गोकर्ण केसी वा इन्द्र बहादुर थापाले टिकट नपाए तेस्रो दावेदार स्वत आफू रहेको दावी समेत भट्टराईको छ। सानो उमेर भयो भन्दैमा टिकट किन नपाउने भन्ने प्रश्न गर्दै उनले नगरपालिका बुझेको, गतिशील ,सिर्जनात्मक यूबा जोशले अब नगरपालिकाको नेतृत्व पाउनुपर्ने दावी गरेका छन्।


Published :५ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media