त्रि-ज्योति मावीले आयोजना गर्यो भव्य कार्यक्रम

काठमाडौं- काठमाडौं जिल्लाको बूढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा रहेको त्रि-ज्योति माध्यमिक बिधालयले २८औं बार्षिकोत्सव एबम २७औं अभिभावक दिवस तथा प्रतिभा सम्मान कार्यक्रम भव्य रूपमा मनाएको छ ।

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्की, बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्दवप्रसाद खरेल, वडाध्यक्षहरु शम्भुप्रसाद भट्टराई, नवराज भट्टराई, समाजसेवीहरु राजाराम बुढाथोकी, विनोद चालिसे, रामकृष्ण केसी, सुनित चालिसे, ठाकुर प्रसाद खकुरेल, कपन क्याम्पसका अध्यक्ष कुमार ओझा, तारा देवान, पिताम्बर गुरुङ, गणेश पन्त, बाबुराम तिम्सिना, अपेन बूढानीलकण्ठकि कोषाध्यक्ष संगीता पन्त, प्याब्सन नगर अध्यक्ष राधेश्याम श्रेष्ठ, एनप्याब्सन नगर अध्यक्ष नारायणबाबू तिम्सिना, यूबा नेता कुमार खडका लगायत शिक्षक, अभिभावक, बिधार्थी तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

विद्यालय संचालक समितिका अध्यक्ष केशव प्रसाद दङ्गालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजलाई विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियोे भने विद्यालयका विद्यार्थीहरुले विविध प्रकारका साँस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।

त्रि -ज्योति कला साहित्य सम्मान -०७८ गायिका तारा थापा, त्रि-ज्योति समाजसेवा सम्मान -०७८-पत्रकार जीवनराम भण्डारी, त्रि -ज्योति प्रतिभा सम्मान -०७८ डा.बाबुराम पाण्डे, त्रि-ज्योति साहसिक सेवा सम्मान -०७८ सगरमाथा आरोही निमादोर्जे शेर्पा, त्रि-ज्योति समर्पण सेवा सम्मान -०७८ निमायन्जी शेर्पा र त्रि -ज्योति जेष्ठ अभिभावक सम्मान- मोतिमाया पुरीलाई प्रदान गरिएको थियो।

 


Published :६ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media