क्षेत्र नं ४ को इन्चार्जमा निर्मल कुइँकेल, राजनीतिक सफलता कि असफलता ?

काठमाडौं। नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीले काठमाडौं क्षेत्र नं ४ मा इन्चार्जको जिम्मेवारी निर्मल कुइकेललाई प्रदान गरेको छ। उक्त कमिटीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै प्रदेशभित्रका ११९ पालिकास्तरमा सङ्गठन सुद्रीढीकरण र प्रचारप्रसारको योजना तय गरेको छ ।

सोहि योजना अनुसार प्रदेस कमिटीले प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा इन्चार्जहरु तोकेको छ। प्रदेस कमिटीले जारी गरेको सर्कुलर अनुसार काठमाडौं क्षेत्र नं ४ मा इन्चार्जको जिम्मेवारी निर्मल कुइकेललाई प्रदान गरिएको छ ।त्यस्तै काठमाडौं क्षेत्र नं ४ (क) को इन्चार्ज संगम गहतराज रहेका छन् भने (ख) को इन्चार्जमा मिठाराम अधिकारी रहेका छन् ।

यस अघि काठमाडौं जिल्ला कमीटी अध्यक्षको जिम्बेवारी समेत बहन गरिसकेका निर्मल कुइँकेल काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा संग निर्बाचन लडिसकेका व्यक्ति हुन्। यस अघि क्षेत्र नम्बर ४ बाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन हुँदै गर्दा उनले ठुलो अबरोधको सामना गर्नुपरेको थियो। यसपटक आफ्नो अन्तिम पटक भएको भन्दै केन्द्रिय सदस्य बन्न सहयोग मागेर उनि प्रतिनिधि चयन भएका थिए। तर उनि महाधिवेशनमा न केन्द्रिय सदस्य बने न चुनाब लड्ने आँट गर्न नै सके। पार्टी भित्र के पी वली समुहको राप र तापमा उनि कता हराए कता।

अहिले प्रदेश कमिटि सदस्य संगै उनि काठमाडौं क्षेत्र नं ४ इन्चार्ज भएको घोषणा गरिएको छ। आगामी निर्बाचनमा काठमाडौं क्षेत्र नं ४ मा डा राजन भट्टराई उठ्ने करिव पक्का पक्कि नै छ भने प्रदेश (क) बाट पनि कुइँकेलले टिकट पाउने सम्भावना निकै कम रहेको एमालेका एकजना जिल्ला स्तरीय नेताको ठहर छ। उनको प्रश्न छ “यसरी हेर्दा निर्मल कुइँकेलको यो जिम्बेवारिलाई कसरि व्याख्या गर्ने , उनको राजनीतिक सफलता कि असफलता ?”


Published :८ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media