बूढानीलकण्ठ काङ्ग्रेस घोषणापत्र निर्माणको तयारीमा

राष्ट्रपाटी न्युज

१५ चैत्र २०७८

बूढानीलकण्ठ । नेपाली काँग्रेस बुढानिलकण्ठ नगर कमिटिले आसन्न स्थानीय चुनावकाे लागि घाेषणापत्र बनाउन पेशागत एवम् बुद्धिजिवी सम्मीलित  समिति बनाएकाे छ । काँग्रेसले चुनाव जिते नगरमा गर्ने कामहरूका बारे विस्तृतरूपमा धारणा बनाउन बनाइएकाे समितिले जनता संग पनि सुझाव लिने निर्णय भएकाे नगर कमिटि सभापति राजाराम बुढाथाेकीले जानकारी दिएका छन् । जनताका लागि सम्बाेधन गरेर बन्ने घाेषणा पत्र भएकाले जनताको  भावना पनि मुखरित हाेस् भनेर जनतासम्म पुग्न लागेकाे उनको भनाइ छ ।

यसका लागि नगर कमिटिले सार्वजनिक सूचना प्रकाशित गरेर इमेलमार्फत सुझावहरू संकलन गरिने तथा घाेषणापत्र तयारी समितिले नगरवासीकाे सुझावलाइ सामेल गराउने निर्णय भएकाे नगर सचिव विजेन्द्र श्रेष्ठले बताए । घाेषणापत्र बनाउने ७ सदस्यीय तयारी समितिका सदस्यसमेत रहेका श्रेष्ठले घाेषणापत्र बनाउनका लागि आफ्नाे समिति पुर्णरूपमा सक्रिय भैसकेकाे बताए । समितिले विभिन्न क्षेत्रका विज्ञ एवम् सराेकारवालासँग भेटघाट शुरू गरिसकेकाे छ  ।

सचिव श्रेष्ठका अनुसार नगर कमिटिले बनाउन लागेकाे घाेषणापत्र एकदमै वस्तुगत एवम् ५ वर्षमा गर्नै पर्ने तथा गर्न सकिने काममा आधारित हुनेछ । घाेषणापत्र नगर विकासकाे स्वरूप वाेकेर आउने उनले बताए । घाेषणापत्र तयारीका लागि बनेकाे समितिमा दामाेदर खड्का, कृष्णराज विसी, विसुकुमार केसी, केशव पाठक, हरिषचन्द्र केसी, राजेन्द्र बुढाथाेकी, बिजेन्द्र श्रेष्ठ रहेका छन् ।


Published :१५ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media